- डा.रोशन श्रेष्ठ
भारतीय विक्रम सम्वत् २०१३ मा म पोखरा जाँदा त्यहाँका मान्छेहरु मलाई "नेपाली दाई, नेपाली दाई" भन्थे ।
म अचम्म मान्थेँ। म मात्र नेपाली हो र? यिनीहरु पनि नेपाली नै हुन्, तै पनि किन यस्तो भनेका होलान् ? म अलमलमा पर्थेँ।
अहिले बल्ल पो कुरा बुझेँ । उनीहरु आफूलाई गोरखा राज्यका गोरखाली नागरीक ठान्दा रहेछन् । म नेपाल शहरको वासिन्दा रहेछुँ । त्यसैले मलाई "नेपाली दाई" भनेका रहेछन् ।
तर हामीलाई झुटो कुरा पढाइए कि पृथ्वी नारायण शाहले टुक्राटाक्री राज्यहरु एकिकरण गरेर नेपाल राज्य बनाए भनेर । वास्तबमा उनले बनाएको त गोर्खा राज्य नै रहेछ । शाहकालका आधिकारीक दस्तावेजहरुमा "गोर्षा सरकार", "गोरखा राज्य" लेखिएको पाइनुले "शाह एकिकरणकर्ताले यो राज्यको नाउँ नेपाल राखेको अथवा नेपाल राष्ट्र बनाएको" भन्ने दावीहरु सबै हावा प्रमाणित भएको छ ।
भएको के रहेछ भने, नेपाल खाल्डोको मल्ल राजा धपाएर बसन्तपुर दरबार हडपेपछि पृथ्वी नारायण शाहले नेपाल खाल्डोबाट नै गोरखा सरकार चलाए । यसको मतलब के हो भने गोरखा राज्यको सिमाना बिस्तार गरिसकेपछि असुविधा नै असुविधा भएको आफ्नो थातथलो छोडेर सुविधा सम्पन्न ठाउँ नेपाल खाल्डोमा प्रशासन सारेको मात्र रहेछ ।
साम्राज्यवादीहरुले उपनिवेश फैलाउँदा आफ्नो सुविधा मुताविक प्रशासनिक निकाय गठन गर्दै जान्छन् । विद्रोहको खतरा हुने ठाँउमा प्रशासनिक र सैनिक निकाय पनि राख्दै जान्छन् ।
ती निकायमा सकेसम्म आफ्नै मान्छे मात्र राख्छन् र आफूले उपनिवेश बनाएका ठाउँका मानिसहरुलाई प्रशासनिक निकायमा सकेसम्म राख्दैनन् । राख्नै पर्ने वाध्यता आइपरे पनि विश्वासपात्र एक दुई जनालाई मात्र स-सानो जिम्मेवारी दिएर राख्छन् ।
भारतलाई अङ्ग्रेजले उपनिवेश बनाउँदा भारतभित्रै खडा गरिएका प्रशासन पूरै अङ्ग्रेजहरुको कब्जामा थियो । नेपाल खाल्डोमा खडा गरिएका प्रशासनमा पनि पूरै गोरखालीहरुको मात्र कब्जामा थियो ।
गोरखा सरकारले विद्रोह दबाउन विजित राज्यमा सैनिक निकाय पनि राखे । धार्मिक जात्रामा समेत सैनिक पल्टन पठाएर आफ्नो औपनिवेशिक पकड बलियो बनाए, जसको निरन्तरता अहिले सम्म पनि देख्न पाइन्छ । मुख्य र प्रभावशाली सैनिक टुकडी पनि नेपाल खाल्डोमा सारेर गोरखालीहरुले सम्भावित विद्रोहको खतरालाई निमिट्यान्न पारेको थियो । त्यसरी नै गोरखाली सैनिकमा नेपाल खाल्डोका रैथानेहरुलाई भर्तिमा प्रतिबन्ध लगाएका थिए ।
त्यसो भए, यो के को एकिकरण? यो त नेपाल खाल्डोलाई गोरखाराज्यको उपनिवेश बनाएको पो रहेछ ।
भन्ने नै हो भने यो देशको नाउँ 'नेपाल' भनेर विदेशीहरुले राखिदिएको भने पनि हुने रहेछ । सुगौली सन्धी तथा भोटसितको सन्धीमा यदि 'नेपाल' नलेखिदिएको भए यो देश 'गोर्षा राज्य' कै नाउँले प्रचलित हुने अवस्था रहेछ । राष्ट्रका मुखपत्र "गोरखापत्र" जस्तो आधिकारीक दस्तावेजमा नै ‘गोरखा राज्य’ छापिएको प्रमाण भएपछि अरु थप कुरा भन्नै परेन ।
बिसौं शताब्दीको उत्तरार्धमा बल्ल, के बाध्यताले गर्दा हो कुन्नि, यो राज्यलाई ‘नेपाल’ भन्न थालेको रहेछ, अनि हामी ‘नेपाली’ भएछौँ । नत्र जसरी बेलायती, भारतीय, ब्रुनाइ, सिंगापुर, हङकङ आदि ठाउँमा छरिएका हाम्रा दाजुभाई दिदीबहिनीहरु ‘गोर्खाली, गुर्खाली’ कहलाइए, हामी पनि त्यसरी नै ‘गोरखा राज्य’का नागरिक वा ‘गोरखाली’ कहलाइने रहेछ । यो कुरा किन कसैले बताएनन् ?
देशमा यत्रायत्रा घाघडान इतिहासकारहरु छन् रे, अनुसन्धानकर्ताहरु छन् रे, प्रमाणहरुको आधारमा यति स्पष्ट थाहा हुने कुरा पनि आजका दिनसम्म ती कुनै इतिहासकारहरुले उठाएनन् । सबका सब यी इतिहासकार भनाउँदाहरु के दरवारको हण्डी खाएर चाकडीस्तोत्र लेख्दै बसेका थिए? इतिहासकार बनेर कलम चलाउनेहरुले देशको साँचो साँचो कुरा जनतालाइ बताउन पर्दैन ? त्यस्ता इतिहासकार भुत्राको इतिहासकार, सबै पद, पैसा र सम्मानका दलाल रहेछन् ।
------
२०५० सालमा नै रिटायर्ड भएका अफिसरसितको बातचितको आधारमा माथिका कुरा बुझियो । नेपाल सरकार नभनी गोरखा सरकार भनिने गरेको, नेपाल राज्य नभनी गोरखा राज्य भनिने गरेको प्रमाणहरु देखे पश्चात् अब देशको सत्य इतिहास हामीलाई बताइएको इतिहास भन्दा फरक रहेछ भन्ने थाहा हुँदै आएको छ । भाजु दीपक तुलाधर, भाजु कमल रत्न तुलाधर र भाजु बालगोपाल श्रेष्ठले उपलब्ध गराउनु भएका प्रमाणहरु यहाँ सँलग्न छन् । क्याप्सन समेत हेर्नुहोला ।

गोरखा छाडी देशको नाउँ 'नेपाल' राखेको होइन कि? यहाँ त 'गोरखा सरकार' नै लेखिएको छ । तर गोरखा सरकार कहाँ कसरी कहिलेसम्म कायम थियो हाम्रो पाठ्यपुस्तकमा छैनन् ।

नेपाल खाल्डोमा स्थापित अड्डालाइ नेपाली अड्डा भन्ने चलन मुताबिक त्यो बेला नेपाल खाल्डोमा स्थापित हुलाकलाइ 'नेपाली हुलाक' भनिन्थ्यो । नेपाली हुलाकले छापेको टिकटमा भने 'गोर्षा सरकार' लेखिन्थ्यो, किन कि आधिकारीक सरकारको नाउँ 'गोर्षा सरकार' नै थियो । यो १९६४ सालको टिकट हो ।

यो हुलाक टिकट भारतीय विक्रम सम्वत् २०६३ मा नेपालमा हुलाक शुरु भएको १२५ वर्षोत्सबमा लिइएको फोटो हो । फोटोमा १९३८-२०६३ प्रष्ट छ। यस हिसाबले विक्रम सम्वत् १९३८ सम्म पनि गोरखा सरकार प्रचलनमा रहेको अनि धेरै वर्ष पछिसम्म पनि गोरखा सरकार नै भनिने गरिएको कुरामा कुनै शंका छैन । (- बालगोपाल श्रेष्ठ)

पहिलो महाभूकम्प भन्दा एक बर्ष अगाडि भारतीय विक्रम सम्वत् १९८९ पौष २६ गतेको गोरखापत्र जहा "गोरखाराज्य भरलाई मोरू २ ।" भन्ने वाक्य छ । भारतीय विक्रम सम्वतलाई भने नेपाल विक्रमीय सम्वत् दावी गरिएको छ ।
राज्य विस्तार गरेर त्यसलाई 'नेपाल' भनी नामाकरण गरे भनेको कुरा झूठो हो भनी बताइ दिने यो प्रमाण पनि हेर्नुहोला - यो भारतिय विक्रम सम्वत् १९८७ सालको गोरखापत्र हो, जहाँ 'गोरखा राज्य' भनेर स्पष्टै छापिएको छ ।

रातो घेरामा हेर्नुस ' नेपाली हुलाकबाट जाने गोरखा राज्यभरलाइ मोरु. २।' अर्थात नेपाल खाल्डोको हुलाक मात्र नेपाली हुलाक हो, राज्यको नाउँ गोरखा राज्य नै हो भन्ने यसबाट स्पष्ट देखिन्छ ।
------
मुख्य कुरो:
जे छ सहि त्यहि कुरा जनतालाई बताइदिए त भइहाल्थ्यो नि । के ठीक के बेठीक जनता आफैले निर्क्यौल गर्छन् । जनतालाइ किन मूर्ख ठान्ने? इतिहासको कुरा तोडमरोड गरेर जनतालाई सिकाउन के जरुरी थियो त ? गलत इतिहास पाठ्यक्रममा राखेर पढाउन र प्रचार गर्न के जरूरी थियो ?
शब्दका फुलबुट्टाले आकाशको तारा झार्छु भन्न सकिन्छ, तर प्रमाणहरुको धरातलमा टेकेर कुरा गर्दा ती ‘तारा झार्ने’ भावनाका कुराहरु सबै हावा खान्छन् । यो नेपाल देश एकिकरण गरेको भन्ने कुरा झुटो प्रचार रहेछ । यो नेपाल देश बनाएको भन्ने कुरा झुटो प्रचार रहेछ । जब प्रमाण बोल्न थाल्छ, झुटो प्रचारले सत्य लुक्दैन ।
कुरा बुझौं मुसुमुसु हाँसौ ।
२०१९ जनवरी २५ मा थपिएको --
यो पुस्तकलाई नेपालमा अघोषित प्रतिबन्ध नै लगाइएको रहेछ । शायद गोर्खा अतिक्रमणलाइ 'नेपाल एकिकरण' भनाउन चाहनेहरुले बजारमा उपलव्ध सबै पुस्तक किनेर नष्ट गरेका पनि हुन सक्छन् । यो पुस्तक भने बेलायतीहरुले संरक्षित गरेको रहेछ । भन्न बेर छैन, अब - बेलायतीले लेख्न लगाएको किताब हो यो भनेर -- हा हा हा हा !!!!

No comments:
Post a Comment