पहिल्यै भन्दीहालम्: हामी यी दुवै पात्रहरुसित परिचित होइनम्।
सामाजिक सञ्जाल र मिडियाले जति जानकारी दियो, हामीलाई त्यतिमात्रै थाहा छ।
यो घटनाले नराम्रो संकेत गरिरहेको सबैको मनमा परेको छ। त्यसो नहोस् भन्ना खातिर, हिजै भनेको हो
' भाइरल हुने रहर पुरा भैहाल्यो होला, अब मुद्दा फिर्ता लिए हुन्छ।'

तर हामीले भनेर के गर्ने? उल्टै पुलिस परिचालित गराएर सरस्वती प्रधानलाई हिरासतमै पुर्याएको खबर आयो । ३ दिन थुनामै राख्ने खबर आयो। कार्टुनिस्टहरुले सरस्वतीको खिल्ली उडाउदै बनाएको कार्टूनहरु रुपा सुनारले शेयर गर्दै मज्जा लिइरहेको पनि देखियो।
मतलब, नराम्रो उद्देश्यले नै घटना घटाएको हो कि ?
मनको शंका उपशंका ब्यक्त गर्न पाइयो नै ।
जस्तो कि,
१) कुराकानीको रेकर्ड पनि छ भनिएको छ। रेकर्ड सुनेको त छैन, पछि अदालतमा पेश गर्नका लागि साँचेर राखेको हो कि? त्यो भन्दा पहिला, त्यसरी रेकर्ड गरी गरी कुराकानी बढाउनुको उद्देश्य वा नियत के थियो, छानबिन त्यहाँदेखि गर्नुपर्ने हुन आउँछ। कुराकानी पहिले नै नियत खराब थियो कि? आशंका गर्न त पाइयो नि।
२) मिडियाले पनि एकपक्षिय समाचारहरु निरन्तर छापे । हेडलाइनमै 'घरबेटीले जातीय भेदभाव गरेको' आशय सहित निर्णायक बनी मिडिया प्रस्तुत भयो । 'पैसा मात्रै आउने भए बिनलादेनको तारीफगिरी गर्न पनि तयार छुँ' मानसिकता रहेको आरोप लाग्ने नेपाली पत्रकारिता जगत यसरी एकपक्षीय समाचार पस्किन होडबाजी गरेको देख्दा 'किन यस्तो गर्दैछन् यिनीहरु?' आशंका गर्न त पाइयो नि ।
३) विवादका घटनाहरु भाइरल हुँदा पत्रकारीताको पहिलो धर्म भनेकै आरोप प्रत्यारोपलाई मलजल नहुने गरी दुवै पक्षको कुरा समानान्तर राखेर देखाउनु पर्ने हो। तर निकै पछि मात्र, मुद्दा दर्ता भएर पुलिस परिचालित भइसकेपछि मात्र बल्ल सरस्वती प्रधानले 'मैले जातका बारे त्यसो केहि भनेकै छैन, उनैले जातको कुरा निकालेका' भनेको कुरा सुनिन आयो। न कुनै लिखित सहमति, न कुनै बाचा, न कुनै बैना धितो, यत्तिकै सामान्य कुराकानी 'दिने भनेको दिएन' भन्ने मौखिक दाबी कै भरमा पुलिस परिचालित गर्न कुनै भूमिगत शक्तिले भुमिका पो खेल्यो कि? आशंका त गर्न पाइयो नै।
४) जातीय बिभेदका ज्वलन्त उदाहरणहरु नेपालमा धेरै छन। सार्वजनिक सम्पत्ति मानिने मन्दिरमा प्रवेश नदिंदा मुद्दा हाल्न उदासिन पक्षले नीजि सम्पत्तिमा प्रवेश नदिने नियत राख्यो भन्ने मनोगत (वास्तविक घटना पनि होइन) आरोप कै भरमा मुद्दामिसिल तयार पारिदिने वकिल देखि प्रचार गरिदिने पत्रकार देखि सारा सहयोग सबै कुरा जुटेको छ। जब कि जातीय बिभेदका कारण जघन्य हत्या कुटपिट आदि भएको घटनाहरु भने न्यायोचित छानबिन को निमित्त संघर्ष गर्नु परेको घटनाहरु कम छैनन। वास्तविक घटना ओझेल पार्ने उद्देश्यले यस्ता कमजोर मुद्दामा अल्झाएर आँखामा छारो हाल्ने र जातीय बिभेद मुक्ति अभियान फासफुस पार्नेहरु कै मतियार पो रुपा सुनार बन्यो कि? आशंका त गर्न पाइयो नै।
५) राजनीतिक परिवर्तनको संघारमा उपत्यकाका नेवारहरुलाइ सडकमा उतार्न चाहने शक्तिहरु चलमलाइ रहेका होलान। तर नेवारहरु हत्तपत्त सडकमा ओर्लिदैनन। पछिल्लो समय गुथि बिधेयक बिरुद्ध एकपल्ट जुरुक्क उठेर सुतीरहेका नेवारहरुलाइ आक्रोशित बनाउने र सडकमा घिसार्न पाए आफ्नो राजीतिक अभिष्ट पुरा हुने थियो भन्ने नियतका साथ परिचालित धुन्धुकारीहरुको योजनामा जानेर नजानेर पो रुपा सुनार फस्यो कि? आशंका त गर्न पाइयो नै।
र अन्त्यमा,
जातीय भेदभावबिरुद्ध संघर्षरत विद्वान अगुवा डा. मित्र परियार ले पहिला नै राम्ररी बताएको हो, घरबेटीलाइ दोषी प्रमाणित गर्न खोज्दै हिडे दलित आन्दोलनले नै धक्का बेहोर्ने छ । अहिले त्यहि हुँदैछ । जिन्दगीभर दलित मुक्ति अभियानको निमित्त निस्वार्थ सहयोग समर्थन गर्दै आएका नेवार समाजका अभियन्ता, लेखक, पत्रकार, कलाकार, इञ्जिनियर, डाक्टर, प्राध्यापक, साहित्यकार जस्ता अगुवा बौद्धिकहरुको ठूलो पंक्तिले ब्यक्त अव्यक्त रुपमा दलित समाज प्रति रहेको आफ्नो सद्भाव यो घटनाको कारण गुमेको भन्न थालेका छन् । हामी त फ्रांकली भन्ने तप्काका हौं। चपाएर कुरा गर्न आउँदैन। संख्या कम होला, तर नेवार सहृदयीहरु बिच्किाउने तथा तिनको सद्भाव गुमाउने यो घटनाको असर भोलिका दिनमा मूल्याङ्कन होला नै।
जे जति नोक्सान भयो, त्यो त भयो नै । र यसलाइ थप नोक्सानीबाट बचाउने हो भने रुपा सुनार ले तत्कालै सरस्वती प्रधानको मानहानी गरेकोमा माफी माग्दै मुद्दा फिर्ता लिने उपाय चाहिं बाँकि नै छ। हामीले त जे देख्यौं त्यहि भन्ने न हो।
तर रुपा सुनारलाइ यस्तो कुरा उनका वरिपरी बसेका कसैले बताइदेलान् भन्ने पटक्कै विश्वास छैन। उनका उन्मादी सामाजिक सञ्जाल उपस्थीतिले बताइरहेको छ कि यदि हामीले यस्तो सुझाव दिइटोपले पनि सुन्नुको सट्टा उल्टै 'जातीय बिभेदको सपोर्ट गरेको', 'आफ्नो जातको मान्छेलाइ बचाउन खोजेको' भन्ने आरोप बित्थामा लाग्ने छ ।
अहिले वरिपरी घेरेर रुपा सुनारलाइ हाई हाई गरी उचालीरहेको एनजिओकर्मी जस्ता पेशेवर हल्लाबाज मानिसहरु र क्लिक-भिउर्स-खेतीमा रमेका चीप-मिडिया को गतिविधि हेर्दा स्पष्ट देखिन्छ कि, उनको अवस्था भोलिका लामो जीवनमा घरको न घाटको बन्ने तिर उद्यत छ।
जीवनका उत्तरार्धतिर ढल्कदै गरेकी सरस्वती प्रधानलाइ यो घटनाले मानसिक पीडा भन्दा बढी हद्द भए सानोतिनो जरिवाना सँजाय भन्दा थप के नै होला र?
कुरा बुझौं मुसुमुसु हासौं ।

No comments:
Post a Comment