नेपालको इतिहासमा आजसम्म प्रचार नभएका पहेलीहरु
डा. रोशन श्रेष्ठ
(Source : Roshan Shrestha Facebook Page)
(१) जव राष्ट्रीय काँग्रेस र प्रजातान्त्रिक काँग्रेस मिलाएर नेपाली काँग्रेस बन्यो, त्यो बेला पार्टीको खास नाउँ "भारतीय नेपाली काँग्रेस" राखेको रहेछ।
(२) बिपि, मातृका, सुवर्णशमशेर, डिल्लीरमण लगायतको अगुवाइ रहेको भारतीय नेपाली काँग्रेस पार्टीको महासमिती बैठकले नेपाललाइ भारतमा गाभ्ने प्रस्ताव पारीत गरेको रहेछ ।
(३) पुष्पलाल लगायतले भारतमा स्थापना गरेको कम्यूनिष्ट पार्टीलाइ तात्कालीन चिनियाँ कम्यूनिष्ट पार्टीले भारतीय घुसपैठियाहरुको एजेन्ट भन्ठान्दो रहेछ ।
(४) राजा महेन्द्रले आफू राजगद्दी त्यागेर कम्यूनिष्टको पार्टीको सदस्यता लिने र नेपाललाइ जनवादी गणतन्त्र कम्यूनिष्ट राष्ट्र बनाउन तयार भन्ने लिखित प्रस्ताव चीनको नेता माओचतुङलाई पठाएको रहेछ ।
(५) राजा महेन्द्र आफैं कम्यूनिष्ट बन्न तयार भएतापनि चीनले नेपालमा कम्यूनिष्ट शासन सफल हुनेछ भन्ने विश्वास नगरेको रहेछ । भारतीय मूलको बाहुनलाई खुट्टा ढोग्ने नेपालका मान्छेहरु कम्यूनिष्ट बन्न सक्दैन भन्ने चीनले सोच्दो रहेछ ।
(६) माओचतुङ लगायत चिनिया शासकहरु नेपालका बाहुनहरुलाई नेपालप्रति वफादार नेपाली होइन भन्ने ठान्दो रहेछ । तिनीहरु भारतबाट आएको, भारतीय मूल हुनाले भारतकै स्वार्थ अनुसार परिचालित हुन्छ भन्ने सोच्दा रहेछ ।
(७) बेलायतले भारत छोडेर जाँदा नेपाललाई सुगौली सन्धी अगाडिको भू-भाग (दार्जिलिङ, देहरादून, कुमाउँ, गढवाल लगायत) फर्काउन खोजेको रहेछ । भारतमा बसेका नेपालीमूलका मानिसहरुबीच नेपालसित गाभिने विषयमा छलफल भएको रहेछ ।
(८) दार्जिलिङ देहरादुन कुमाउँ गढवालका प्रतिनिधिहरु बनारसमा भेला भै स्वतन्त्रता पछि नेपालमा मिल्ने कि नमिल्ने भनी छलफल गर्दा नेपाल सित मिलेर हामीले के पाउँछ र भनेर कुमाउँ गढवालका बाहुनहरुले बखेडा झिकेपछि ग्रेटर नेपाल बनाउने कुरा तुहिएको रहेछ ।
(९) गुमेको भूमि नेपाललाई फिर्ता दिन खोजेको हल्ला त सुनेको हो, तर नेपालको राणाले मानेन भन्थ्यो, होइन रहेछ । बनारस भेला असफल भएपछि नेपालसित मिल्न चाहनेहरु मोहनशमसेर राणाको भारदारीया सभामा हामी पनि नेपालमै मिल्न चाहन्छौं भन्न आएका रहेछन् । तर दूत बनी आएकाहरु राणासामू त्यो प्रस्तावमा कसैले पनि मुख खोल्न हिम्मत नगरेपछि सि क्लासका कुनै एक राणाले 'गुरुज्यू तपाईं केहि बोल्दिनोस' भनेर लेखनाथ (कविशिरोमणी) लाई भनेछन् । उनले दार्जीलिङतिरका मान्छे धेरै पढेका हुन्छन्, हामीलाइ त काउसो जस्तो हुन्छ सरकार भनेपछि सबैले हो हो हो हो गर्न थालेछन् र दूत बनी आएकाहरु निराश भएर फर्केछन् ।
(१०) नेपालका पश्चिमि भेगका मानिसहरु कुमाउँ गढवालमा काम खोज्न जाने हुँदा उताका कुमाइ-बाहुनहरु आफूलाइ अभिजात्य ठान्ने र नेपालका मान्छेलाइ यी 'सिञ्जाली कर्नाली खस' भनेर तुच्छ ठान्दा रहेछन्। त्यसैले पनि उनीहरु नेपालसित मिल्न नचाहेका रहेछन् ।
(११) नेपालका राजाहरुलाइ बाहुनको कुरा धेरै नसुन्नु भनेर अप्रत्यक्ष दबाव चीनले दिने गरेको रहेछ । चीनकै कारण राजाले नेपालको सरकारमा गुरुङ, मगर, लिम्बु आदि पनि मन्त्रीमण्डलमा नियुक्त गर्ने गरेको रहेछ ।
(१२) भारतका बाजपेयी लगायतका नेताहरु नेपालको राजालाइ भारतको राजा समेत मानेर नेपाल-भारत एकिकरण गर्न चाहेका रहेछन्। त्यो प्रस्तावबाट लोभिएर महेन्द्रले भारतको राजा हुने सपना देख्दा चीनको विश्वास गुमाएको रहेछ ।
(१३) भारतले नेपाल, सिक्किम, भुटान, कुमाउँ, गढवाल सबै मिलाएर हिमालको मुनि नेपाल केन्द्र बनाइ यूनियन जस्तो ठूलो देश बनाउन पनि खोजेको रहेछ । तर नेपालको राजा त्यसको लागि तयार नभएको रहेछ ।
(१४) भारतीय नेता नेहरु दुइजिब्रे रहेछ । आफ्नो स्वार्थको लागि जे पनि गर्ने, तर बाहिर बाहिर आदर्शको कुरा फलाक्ने फटाहा रहेछ । बरु ईन्दिरा गान्धी एकदमै बोलीको पक्का तथा आफ्नो भन्दा भारतको फाइदा प्रति समर्पित रहेछ।
(१५) भारतले सिक्किमलाई भारतमा मिलाउन नचाहेको रहेछ । सिक्किम पनि भुटान नेपाल जस्तै स्वतन्त्र रहोस भनेर सिक्किमको राजालाई इन्दिरा गान्धीले सहयोग गरेको रहेछ । तर सिक्किमको रानी अमेरिकी सिआइएको एजेन्ट रहेछन्, उनको प्रवेशपछि सिक्किमले दार्जिलिङदेखि तल सिलगुढी सम्मको (चिकेन नेक भनीने भारतीय भूभाग) समेत सिक्किमकै हो, फिर्ता चाहियो भनेर माग्न थालेपछि भारत झस्केको रहेछ ।
(१६) सिक्किममा अमेरिका पसेर भारतलाई तनाव दिने अवस्था सिक्किमको राजाले खडा गरेपछि मात्र इन्दिरा गान्धिले सिक्किम विलय गर्नै पर्ने आन्तरिक दबावमा सहमति दिएको रहेछ। चलखेल धेरै भए भुटान र नेपाल पनि निलिदिन्छु भन्ने सन्देश पश्चिमा शक्तिलाई दिनको निमित्त पनि त्यो कदम उठाइएको रहेछ ।
(१७) नेपालको राजालाई भारतको समेत राजा बनाइ नेपाल-भारत एकिकरण गर्ने राजनीति अघि बढेपछि नेपाली दरबारका भारतीय रजौटा नातेदारहरुले नेपाल-दरबारको अत्याधिक डाह गरेर त्यो राजनीति तुहाउन र बाजपेयीलाइ असफल बनाउन सक्रिय भूमिका खेलेको रहेछ ।
(१८) ज्ञानेन्द्रले चीनलाइ सार्कमा छिराउन सहयोग गरेर गुण गर्यो । तर चीनले भारतीय दूत श्यामशरणको कुरा सुनेर नेपालको राजा हटाउने खेलमा मौन बसेर गुणको बदला बैगुण भने झै नेपाली राजालाइ धोका दिएको रहेछ। चीनलाइ विश्वास गर्दा धोका खाने इतिहासबाट नेपाल नचेतेको रहेछ।
ल हेर्नुस, यस्ता कुराहरु थाहा पाएपछि आजको दिनसम्म हामीलाइ बताइएको चीरपरिचित कुराहरु कति धेरै फरक रहेछ, हैन त?
कुरा बुझौं मुसुमुसु हाँसौ।
लेखकबाट थप
निष्कर्ष सजिलै निस्कँदैन । पहिला इतिहासको सत्यतथ्य जान्न जरुरी छ। सत्यतथ्यहरु धेरै धेरै लुकाइएको हुनाले हामीले जेजति निष्कर्ष निकालेको थियौं - त्यो धोखा रहेछ भनी मन अमिलो बनाउन बाध्य भयौं। जसलाइ राष्ट्रबादी मानेर ज्यान फालेर बन्दुक बोके, त्यो नेता बिदेशी नोक्कर रहेछ, कत्रो महाधोका? जसलाइ राष्ट्रबादी मानेर अपार भोटले जिताए, त्यो नेता विदेशीसामू लम्पसार पर्दो रहेछ । यस्तो किन भइरहेछ, कहिलेबाट भइरहेछ, कसरी भइरहेछ, ती कुरा बुझ्नलाइ यहाँ दिइएको रहस्योद्घाटनले सघाउ पुर्याउने छ, निष्कर्ष खोज्न सतही कुरामा दौडेर हुँदैन, गहिराइमा अघ्ययन गर्नु पर्छ भन्ने बुझाउने छ।
नपत्याउने हक तपाइलाइ छ, तर राजा महेन्द्रले देश आर्जेको होइन । पैत्रिक अधिकार प्राप्त गरेकोलाइ आर्जेको भन्न मिल्दैन । पहिलो कुरा ।
दोस्रो कुरा, राजाको त्यो पत्र बोकेर गएको मान्छेले त्यो पत्र चाउएनलाइ लाइ बुझाएको, चाउ एन लाइ ले पत्र पढेपछि, 'ओ हो यो त गम्भीर कुरा रहेछ, तपाइलाइ म माओचतुङ सित भेट गराइदिन्छु । पत्र पनि तपाइले हस्तान्तरण गर्नुहोस, कुरा पनि गर्नु होस' भनेर भनेपछि माओचतुङलाइ पत्र हस्तान्तरण गरेर माओचतुङको धारणा समेत बुझेर नेपाल फर्की सबै बेलिबिस्तार राजालाइ दिएको मानिस आफैले भनेको कुरा तपाइले नपत्याए पनि असत्य ठहरिने छैन ।
तेस्रो कुरा, भारत र चीनमात्र विश्वासिलो देखाएको भन्ने तपाइको मनोगत सोचाइ भयो । चीनले हेर्ने आँखा र भारतले हेर्ने आँखा, हामीकहाँ प्रचारीत आँखा भन्दा फरक रहेछ भन्ने रहस्योद्घाटन हो। को विश्वासिलो, को अविश्वासिलो भन्ने केहि कुरा छैन ।
Keshab Krishna Shrestha बाट थप
BP was an active member of Jai Prakash Narayana's Praja Parisat Party. They have their properties in Varanasi (Banaras). They were Anti Nehru and against Indian Congress Party. After Indian independent in 1947 only Nehru and his Congress party remain in power. Their Party went to opposition. As their chances to hold power in India became remote and become impossible, he form Bharatia Nepali Congress and planned to move into Nepal. Before that he met our great leader Ganesh Man Sjngh in Calcutta who opposed the use of word Bharatia and made only Nepali Congress. Even today how patriotic Nepali Congress is still doubtful?
It was a true story. Before he (BP) formed Bharatia Nepali Congress he was Member Secretary of Bihar of Praja Parisat of Jai Prakash Narayana. Then he went back to Varanasi (Banaras) formed Bharatia Nepali Congress. BP came to know about our great and very popular leader Ganesh Man Singh was staying in Madho Bhaban, in Uper Chitpur Road, Calcutta. That was our house we called it Kothi where our family do our business from Calcutta. He was hiding there after he ran away from jail in KTM. My uncle Hari Krishna Shrestha was also jailed with him along with Ganga Lal, Dharan Bhakta, Dararath Chand and later Satri Sukra Raj. BP went to meet great leader Ganesh Man in Calcutta. It was Ganesh Man Singh, the Supreme Leader who vehemently opposed the word Bharata which was agreed by all other members. So for the first time it was the birth of Nepali Congress took place. After so called independent in 2007 Sal, in 2008 Sal, 1952 my father, Ranjana Sahu Bal Krishna Shrestha gave BP Rs. one Lakh IC for improvement of his party and bring political consciousnesses among general people. But he used that money for Indian election in favor Jaiprakash Narayana's party Praja Parisat. He said because of that Indian Prime Minister Jwahar Lal Nehru got angry with him. See his Aamabritanta page 176 for more detail.
No comments:
Post a Comment