गुथिजग्गा नासिएको पीडा
म्वह पिमकायेगु, द्वह मस्यंकेगु' (मोहर ननिकाल्ने, हजार नबिगार्ने) जस्ता कठोर आर्थिक अनुशासनमा बसेर खाइ नखाइ बचत गरी राखेको श्री सम्पत्तिहरु धर्मको नाउँमा बोरा बोरा असर्फि दान दिएर हाम्रा पुर्खाहरुले मन्दिर, देवल, सत्तल, पाटी, पौवा, पोखरी आदि सबै बनाएका थिए, तिनको मर्मतसंभार गर्न गुथिमा आम्दानीको लागि जग्गा राखेर छाडेका थिए । ऐतिहासिक प्रमाण हाजिर छ यो दावि पुष्टी गर्नको लागि ।
त्यसरी हजारौं वर्ष चलेको परम्परा जब देखि महेन्द्रले बेची खाने बाटो बनाउन मोहियानी हक दिलाए, तब देखि नाश हुँदै गए । बाजे पुस्ताले २५ रोपनी गुथिको जग्गा कमाउनु हुन्थ्यो । बुबाहरु पढालिखा बनेर जागीर खान थाले, बन्दब्यपार गर्न थाले, खेतमा पसिना बगाउन मन लाग्न छोड्यो । त्यसैले खेतमा काम गर्न काभ्रे, सिन्धु, दोलखा तिरबाट आएका तामाङ र अरु जातका मान्छेहरु काममा लगाउनु भयो । पसिना त बुबापुस्ताहरुले भन्दा बढी ती तामाङहरुले पो बगाए । ती तामाङहरु जो पाटीमा सुत्थे, सस्तो ज्यालामा काम गर्थे, दुइ छाक खान दिएको दंग पर्दै साहुबा भन्दै बुबापुस्ताहरुको जयजयकार गर्थे - ती श्रमजीवि तामाङहरुमाथी शोषण गर्ने सामन्त को हो? के उनीहरुले बगाएको पसिनाको मोहियानी हक नखोज्ने?
श्रम गर्ने वा पसिना बगाउनेकै हक लाग्ने हो भने घरको मालिक नोकर हुनु पर्छ भन्ने तर्क पनि आएको छ । हो नि, बिहान देखी बेलुकासम्म सम्पूर्ण घरायसी काममा श्रम गर्ने, कम तलब थाप्ने, शोषणको शिकार बनेका नोकर हरु महान श्रमिक हुन कि हैनन? महान श्रमिकहरुको हक अधिकारको वकालत गर्ने राजनैतिक विचारधाराले ती श्रमिक नोकरहरुको मोहियानी हक खोजेर घरको मालीकत्व उसैलाइ दिनु पर्ने नीति वकालत गर्ने कि नगर्ने? यदि त्यो कुरा जायज छैन है भनेर बिमति जनाए घरमालिकको पक्ष लिनेहरु सामन्ती हो भनी आरोप लगाउन मिल्ने कि नमिल्ने? श्रमिक नोकरहरु संगठित भइ घरमाथि अधिकार कायम गर्नको लागि गृहयुद्ध गर्ने योजना भए त्यसको समाधान कसरी खोज्ने?
जग्गाको भाउ बढेको छ, बढेको भाउको फाइदा उठाइ गुथिजग्गा रैकर बनाएर बुबा पुस्ताहरुले बेचेका छन । त्यो पैसाले घरको तल्ला थपेका छन्, छोराछोरी बिदेश पठाएका छन्, पसल खोलेका छन्, ब्यवसाय गरेका छन्, भोजभतेर गरेका छन्, अनेक खर्च गरेका छन्। जग्गाको यो ब्यापक दुरुपयोगलाइ ‘मद्वँ मखंपिन्सं जाकिद्वँ खन कि थथे हे जुइ’ अर्थात ‘भुसको थुप्रो नदेखेकाले चामलको थुप्रो देखेपछि दुरुपयोग हुने नै भो’ भनेर टिप्पणी गरेक हामीले सुनेकै कुरा हो । तपाइ भन्नुस त, कति प्रतिशत बुबापुस्ता छन् होला जसले गुथिजग्गा रैकर बनाए पछि पनि किसान नै बनी कृषिपेशामा दत्तचित्त भएर जग्गाको भू-उपयोग गरेका छन? १० जनामा १ जना पनि छैन होला । अधिकांशले या त बेचेका छन् या त आफै घर बनाएर बहालमा राखेका छन् । मालपोत, नापिनक्सा र गुथिसंस्थानको मिसिलहरु साक्षी छ।
अब त बुबापुस्तासित ३ रोपनी जति मात्रै जग्गा बाकि छ, जुन उसका ६ सन्तानहरुमा अंशबण्डा पछि आधारोपनी भाग लाग्न आउँनेछ र मोहियानी हक कायम गरेर हरेक सन्तान ४ आना रैकर जग्गाको मालिक बन्नेवाला छ । यो उदाहरणले देखाएको छ, २५ रोपनी बाजेको पालाको गुथिको जग्गा 'मोहियानी हक' को चपेटामा कसरी मासिएर गएको छ । लगभग सबै जसो मोहियानी हक लिने परिवारको साझा उदाहरण उस्तै उस्तै छ । परिवार संरचना अनुसार यदि एक्ला सन्तान भए गुथिको जग्गा मोहयानी हक दावि गर्न लायक जग्गा ३-४ रोपनी देखि ७-८ रोपनी जग्गा बाँकि होला, नत्र अधिकांश हकवालाको भागमा १ रोपनी जग्गा पनि बाँकि छैन अचेल । यस्तो विराट जग्गा विनाश भएको अवस्थामा अब पहिला पहिला २५ रोपनी जग्गाको आम्दानीले चलेको गुथि कसले आएर चलाइदिन्छ? कुन आम्दानीको स्रोतले चल्छ? गुथि विधेयक राम्रो छ भन्नेहरु कसैले बताइदेओस न। गुथिको जग्गा वास्तवमा अहिलेको पुस्ताले मोहियानी हक मागेर बेचेर खान सकोस भनेर २००० वर्ष अगाडि देखि साँचेर राखेको जग्गा होइन। अहिलेको पुस्ताले पुर्खाको नासो बेचेर खायो, तर अब ३ पुस्ता पछि तिम्रा सन्तानले के बेचेर खाने नि? पुस्तौं पुस्ताको लागि कमाइ खानु पर्ने जग्गा त तिमीले मोहियानी हक जताएर आफै सर्वेसर्वा बनी बेचेर खाइसक्यो, तिम्रा भावि पुस्ताले के अब तिम्रो लास चिहानबाट उधिनेर बेचेर खाने? तिम्रो लाश त जलाउँछ पो, तेसो भए अब तिम्रा शाखासन्तानले बेचेर खान पाओस भनी क्रिस्तानी पाराले तिम्रो लाश गाड्ने परम्परा थाल्ने? बुबा पुस्ताले जागिर खाएर, बन्दब्यपार गरेर कमाएको पैसाले ८-१० आना देखि २-३ रोपनी जग्गा किनेर राखेको छ । त्यो जग्गाको भाउ बढेको कारण आफु धनी र सफल भएको भ्रम छ । महँगो जग्गा किनेर राख्दैमा त्यसले फुल पार्ने होइन, त्यो जग्गामा पसिना बगाउन इच्छा र जाँगर छैन अचेल । त्यसैले जग्गा बाँझो छ । तर कुनै किसानलाइ 'लौ गरिखाओस' भनी कमाउन दिए मोहियानी हक दिनु पर्ने डर छ, त्यसैले जग्गा बाँझो नै छ । वरीपरी घरहरु बनेका छन् ती घरहरुको फोहर फाल्ने सार्वजनिक फोहर संकलनको रुपमा बुबापुस्ताहरुले रगतपसिना एक गरी कमाएको जग्गा दुरुपयोग भएको छ । लौ भन्नुस, मोहियानी हक लाइ अब कसरी बुझ्ने? यसरी जग्गाको उत्पादकत्त्व खेर फाल्ने घातक कुबुद्धिको स्रोत के हो, को हो? त्यहि क्रान्तिकारी भनाउँदा आयातित सिद्धान्तले बुद्धि भ्रष्ट पारेकोले यस्तो अवस्था आएको हो कि होइन?
जग्गाको निरन्तर आम्दानी मुल्य त त्यसको उत्पादकत्व मात्रै हो । जग्गाले फुल पार्दैन । पोहोर ६ लाखमा किनेको यसपाली १२ लाख भाउ आयो, भनेर नाफा भयो भनेर जग्गा बेच्दा फाइदा भएको देखिएला, तर बेचेपछि जग्गा त सिद्धियो । अर्थात भाउ बढेर हुने फाइदा एकपल्टको लागि मात्रै न हो । यो १२ लाखले अर्को जग्गा किनौला र पछि फाइदा गरेर बेचौंला भन्ने भए अर्को बर्ष उस्तै गरी भाउ बढेर २४ लाख भाउ पुग्छ भन्ने ग्यारेन्टी कसले दिन सक्छ? जग्गाको भाउ घटबढ हुने तरंगमा चढेर छोटो समयमा आर्थिक उन्नति गर्न सकिएला, तर त्यो टिकाउ हुँदैन । गुथि जस्तो पुस्तौं पुस्ता चलाउनु पर्न संरचनाको निमित्त बजार भाउ अनुसार घटबढ हुने अर्थस्रोत उपयोगी हुँदैन । त्यसको निमित्त ननासिने अक्षयस्रोत नै हुनु पर्दछ, र जग्गाको संरक्षण गर्नै पर्छ । स्मरण रहोस, गुथिको जग्गा रैकर गरेर बेचविखन गरेर धेरैले धेरै पैसा कमाएको छ । जब कि गुथिको जग्गामा हक लाग्ने भनेको त्यो जग्गाबाट उत्पादन हुने अन्नअनाजमा मात्रै हो, त्यो जग्गाको माटोमा हक लाग्ने होइन, त्यो जग्गाको अस्तित्त्वमा हक लाग्ने होइन । जब यस्तो चेतना फैलियो, त्यसपछि गुथि संस्थान नै खारेज गर्ने प्रपञ्च रचेको हो । गुथि संस्थान सित हालसम्म कति लाख रोपनी जग्गा गुथिबाट लुटेर निजि सम्पत्ति बनायो भन्ने ठुलो परिणाममा रेकर्ड सुरक्षित छ। त्यो रेकर्ड ध्वस्त पार्न सके 'खाएको सबै पचाइएला' भन्ने सोच छ। हामीसित अब बिकल्पहीन अवस्था छ - या त गुथिको जग्गा कायम गरी बेचबिखन गरीएको जग्गाहरु फिर्ता लिने, या त गुथिको परम्परा र संस्कृतिहरु सबै परित्याग गरेर फाल्दिने । अहिलेको आन्दोलित मनस्थिति बचेखुचेको स्रोतलाइ थप क्षय हुन नदिन रोक्ने प्रयास मात्र हो । क्षय भइसकेको गुथि जग्गालाइ कसरी बचाउने, कसरी फिर्ता ल्याउने र गुथिकै अक्षय सम्पत्तिको रुपमा जगेर्ना कसरी गर्ने, यो मुद्दाप्रति विचार गर्न थालिएकै छैन । जुन थालिनु आवश्यक छ ।
यसै प्रसंगमा एक कविता सुगन्धराज राजकर्णिकार ज्युको तर्फबाट (सपनामा उहाँले पितृबाट पाउनु भएको संदेश नेपालभाषा बाट अनुदित)
आफ्नो कूल पुर्खाको किर्ति, राखीछाडेको गुथि
आफु एक्लैमात्र दासी खोसी खाएछु
पञ्चमहापापको भागिदार भइ मरेछु
नर्कबास मा परेछु
हे नेवार वुवा, दाजु, भाइ हो
हे मेरा जिवित छोरा नाती पनाती हो
तिम्रो उद्दार गर्नको निमित्त संदेश हो
नर्कबाट नै पठाएको संदेश हो
फेरी आफै रौरव नर्कको दुख मुक्त हुने हो भने
सन्तानलाइ पुजाआजाको नाटक छोड् भन्नू
जग्गा पैसाको लोभ लालच छोड् भन्नू
जुन जुन गुथि थियो पहिला फेरी चलाउनू
पुर्खाको इज्जत र किर्ति सुवास ब्युँताउनू
नर्कबास भइ कष्ट हामी खाइ रहेका
तिम्रा प्यारा लोभी लालची पुर्खा
हामीलाइ मुक्त गर्ने सुवर्ण अवसर आयो
गाइजात्रा भजन गाएर हुँदैन
उपाकु सतविज छरेर हुँदैन
श्राद्ध तर्पण चढाएर हुँदैन
वैतरीणी गौदान गरेर हुँदैन
तिनले हाम्रो पापको भार कम हुँदैन
दान दक्षिणा सबै छाडीदेउ अब
तिनीहरु केहि पनि हामीकहाँ पुग्दैन
आत्मा भट्किएको छ
तिम्रो वरीपरी घुमिरहेको छ
हामी तिम्रा मृत पितृ हो
सपनामा आएर पनि भन्न सक्दिन

यदि यसो नगरे
यमराजले बुहारी छोरी ज्वाँइ छोरा भन्दैन
लुटेर साँचेको सम्पत्ति भन्दैन
कार बंगला र आकाश छुने घर भन्दैन
पोका पोका सुनका गहना भन्दैन
ती कुनै कुराहरु भोग गर्नै नपाइ
"मुजरिम हाजिर हो.." भनेर
"हुनहुना रे हुन्हुना ... हुन्हुना रे हुन्हुना ..." गर्दै
तिमीलाइ पनि ल्याउने छ
म सितै राख्न
यो नर्कवासमा
(Source : Roshan Shrestha's Facebook Page)

No comments:
Post a Comment