'योमरी पुन्हीको सांस्कृतिक महत्व'
देवेन्द्र अर्याल "आँसु" युवामञ्च पुस, २०६७
प्रायः मङ्सिर महिनामा पर्ने तर कहिलेकाहीँ पुस महिनामा पर्ने धान्यपूणिर्मालाई गौरु पूणिर्मा वा 'योमरी पुन्ही' पनि भन्ने गरिन्छ । हिन्दु संस्कृतिमा यस पूणिर्माको ठूलो महìव छ । नेवारी समुदायमा 'योमरी पुन्ही' को विशेष महìव रहेको प्रष्टिन्छ । ग्रामीण अर्थात् पहाडी भेगतिर गौरु पूणिर्मा भनेर गाईका गोठमा देवताको पूजा अचर्ना गर्ने गरिन्छ । गोधन वृद्धिको कामनाले कृषि प्रधान देश गोठमा पूजा गर्ने परम्परा हिजोआजको परम्परा होइन् ।
खासगरी नेवारी समुदायमा नयाँ बाली भित्र्याएपछि नयाँ चामलको पीठोबाट योमरी अर्थात रोटी बनएर खाने चलन छ । त्यसैले नेवारी परम्परामा रोटीखाने पूणिर्मा भनेर पनि चिनिन्छ । विभिन्न प्रकारका योमरीका चाकु राखेर आकर्षक बनाइन्छ र खाइन्छ । जाडोसमयमा खाइने यस प्रकारको मोमरीले शरीरमा ऊर्जा प्राप्त हुने बताइन्छ ।
धान्य पूणिर्मा भनेर शास्त्रीय रूपमा मनाइने यस पर्वमा नयाँ धानको पर्वत दान गर्ने परम्पराले यथाशक्य दानगर्ने प्रवृति वा संस्कारलाई निरन्तरता दिएको छ ।
धान्य पूणिर्माको अवसमा विभिन्न देवी देवताका मठमन्दिरमा मेला पनि लाग्दछ । त्यस मध्येको एक हो बनेपास्थित-धनेश्वरमन्दिर । धनेश्वर महादेव मन्दिरमा यसदिन पूजा अर्चना गर्न ठूलो समूहमा श्रद्धालु भक्तजनको मेला लाग्ने गर्दछ । अन्यत्र जलाशयमा स्नान गरी देवीदेवताको पूजाअर्चना गरी धान्य पर्वत दान गर्ने चलन अझै पनि ग्रामीण भेगतिर पाइन्छ । हिन्दुधर्मबाहेक बौद्धधर्म मान्नेले पनि यस पूणिर्मालाई मान्ने गर्दछन् । बौद्धमार्गी यस दिन स्वयम्भू, बौद्धलगायत अन्य चैत्य वा विहारमा पूजाअर्चना, दर्शन, गरी भगवान बुद्धको प्रार्थना गर्ने गर्दछन् । रत्नावदान नामक बौद्धग्रान्थमा समेत यस दिनको महìवलाई उल्लेख गरिएको छ ।
त्यस्तै, यसदिन नयाँ अन्न राखिएको भण्डारमा लक्ष्मी, गणेश र कुवेरको मूर्ति स्थापना गरी पूजा अर्चना गर्ने गरिन्छ । नयाँ धानको चामलबाट निर्मित रोटी तयार गरी चढाएर खाने पनि गरिन्छ । धनधान्यको कमी नहोस् भनी देवीदेवताको पूजा अर्चना गर्ने कार्य यस पूणिर्मामा हुने भएकोले यसको विविध महìव रहेको प्रष्टिन्छ । हाम्रो लोकजीवन र लोक संस्कृतिमा यस्ता विविधताप्राप्त चालचलन र परम्परा जीवन्त रुपमा रहेका छन् । आधनुनिकताका कारण सहरीक्षेत्रमा त्यसको प्रभाव कम भए पनि पूर्णतः लोप भएको छ भन्न मिल्दैन । पुस १५ मा 'घ्यूखरे' खाने चलन धेरै पहिले देखिनै चलेको हो तर यसको सांस्कृतिक महìव नभए पनि यो परम्पराका रूपमा नेपाली समाजमा हुर्कंदै आएको भने अवश्य नै हो ।
No comments:
Post a Comment