दीपेन्द्र
लामा
फेरि एउटा रंगीन 'सपना' नफक्रिँदै तुहियो। अभिनयबाट सबैको मन जित्छु भनेर मैदानमा उत्रिएकी ज्योति खड्का (जेसिका)को आत्महत्या नेपाली फिल्मको एउटा सानो अध्यायको अन्त्य होइन। बरु डरलाग्दो र अँध्यारो अध्यायमा एउटा पृष्ठ थपिएको हो। नेपालमा आत्महत्या वा शंकास्पद मृत्यु वरण गर्ने अभिनेत्रीको सूची लम्बिएको छ। विश्वभर वर्षेनी १० लाखभन्दा बढीले आत्महत्या गर्ने गरेको तथ्यांक छ। त्यसमा पुरुषको संख्या महिलाको तुलनामा तीनचार गुणा छ। तर, नेपाली फिल्म क्षेत्रका जतिले आत्महत्या रोजे धेरैजसो महिला नै थिए। आत्महत्या गर्न उक्साउने स्क्यान्डल पनि महिला कलाकारले नै भोग्दै आएका छन्।
'जेसिका प्रकरण'बाट सचेत नहुने हो भने नेपाली फिल्म उद्योगमा यस्तो घटना नदोहोरिएला भन्न सकिन्न। फिल्म उद्योगमा त्यस्तो कमजोरी के छ, जसले अभिनेत्रीहरु सोझै मृत्युलाई अपनाउन खोज्छन्?
नेपाली फिल्म उद्योगको सबभन्दा अँध्यारो पक्ष भनेको यसको कृत्रिम अनुहार हो। एउटा फिल्म खेल्दाको पारिश्रमिक ४-५ लाख रुपैयाँ हुने हल्ला पिटाइन्छ। यथार्थमा चाहिँ ३० हजार रुपैयाँमै चित्त बुझाउनु पर्ने अवस्था छ। नेपालको साँघुरो अर्थतन्त्रले गर्दा कलाकारहरु निकै लोकप्रिय रहे पनि आर्थिक सबलताबाट बञ्चित छन्, केही अपवाद छाडेर।
धेरैजसो हिरोइनको जीवन फिल्म र पत्रपत्रिकामा मात्र शानदार देखिने हो। उनीहरुले बाँच्नका लागि गर्ने संघर्ष कसैलाई थाहा हुँदैन। बरु त्यसको फाइदा उठाउन वरिपरिका मान्छेले बढी चलखेल गर्छन्।
फिल्मलाइनका मान्छेलाई राम्रो दृष्टिकोणले हेर्ने चलन नेपालमा अहिले पनि छैन। यसमा दुई कारण छन्, कलाकारले बौद्धिकता प्रदर्शन गर्न नसक्नु र निर्देशकहरुले राम्रा फिल्म बनाउन नसक्नु। फिल्म कलाकार र कलाकर्मीको छवि सुधार्न कुनै पनि संघसंस्था वा निकायले ठोस कार्यक्रम ल्याउनै सकेको छैन। बेलाबेला गाइँगुइँ सुनिने 'कास्टिङ काउच'लाई आचारसंहिताले बाँध्ने हिम्मत पनि गर्ने हो कि?
एउटा कलाकारको बेइज्जतीमा खिल्ली उडाउने तर त्यसले समग्र फिल्म क्षेत्रकै बदनाम भएको र अप्रत्यक्ष रूपमा आफू मुछिएको नदेख्ने कलाकारहरुको 'अन्धोपन' जेसिकाहरुका लागि पीडादायी नै हुन्छ।
अनुदारवादी समाजको ख्याल नगरी हिरोइनको यौनजीवनलाई अतिरञ्जनासहित छरपस्ट पार्ने मिडिया र पत्रकारहरुले यो घटनापछि संयमता अपनाउन थाले जाती हुन्थ्यो। विपरीत लिंगीसँगको सम्बन्धलाई लिएर पुरुषभन्दा महिलाको खेदो खन्ने चरित्र नेपाली समाजको छ। समाजको यो विभेदकारी हेराइदेखि मिडिया बाहिर निस्कनैपर्छ। नत्र केको चौथो अंग?
केही वर्षअघि स्क्यान्डलको शिकार भएर पनि हार नमानेकी ज्योति नयाँ नाम जेसिका (हिबु्रमा यसको अर्थ हुन्छ 'उसले देख्छ')का साथ बाँच्न तल्लीन थिइन्। तर उनी अन्तिम दिनसम्म पनि परपीडक मान्छेहरुबाट जोगिन सकिनन्। कलिलो उमेरमै समाजको पुरुषप्रधान उपभोगवादी संयन्त्रबाट ठगिएकी उनले दोस्रो मौका खोजेकी थिइन्। तर पाइनन्।
हिजो लोग्ने मरेपछि मात्र नेपाली महिलाहरु सती जान्थे, आज लोग्ने जिउँदो छँदै। मंगलबारको आत्महत्यामा कानुनले अनुसन्धान गरेर फैसला सुनाइसकेको छ, 'नो वान किल्ड जेसिका।'
Source : Wednesday, 13 June 2012 09:17 नागरिक