Thursday, March 17, 2011

ढुंगे युगमा बाँचेर ब्रायन सुन्नुपर्दा



राज श्रेष्ठ

(Published in Nagarik Dainik 25 Feb 2011)

अभूतपूर्व प्रचारका साथ काठमाडौं अवतरण भएका क्यानेडियन रक् गायक ब्रायन एडम्सप्रति मेरो खासै रुचि जागेन । कार्यालय आउँदा जाँदा सँधै आँखा गइरहने त्रिपुरेश्वर वल्र्ड ट्रेड सेन्टरको ठीक सामुन्ने रहेको एडम्स्को गितार बजाउँदै गरेको बडेमानको तस्वीरले पनि म जस्ता युवालाई खासै आकर्षित गर्न सकिरहेको थिएन । किन हो कुन्नि मनभित्र एउटा मौन आवाज गुिाज नै रह्यो - यी सब मेरा लागि कत्ति पनि होइनन् । मेरो प्राथमिकता भित्र एडम्स् अझै परेका छैनन् ।

दैनिक १६ घण्टाको लोड्सेडिङ्ले गाँजेको दिनचर्या छ । बिहान ५ बजे निद्रा खुल्छ । अझै देख्न सकिने गरी उज्यालो भइसकेको छैन । मोबाइलको ब्याक्लाइटको मद्दतले ढोकामा टाँसिएको लोड्सेडिङ्को तालिका हेर्छु । बिहान ८ बजे मात्र बत्ती आउँछ । आपुूलाई बिहानको ८ बजी सक्दा नसक्दै कार्यालय जान चटारो परिसकेको हुन्छ । हतारहतार गाँस टिपी गन्तब्यतिर नलाग्ने हो भने स्टाफबस भेटिँदैन र लोकलबसको कष्टकर यात्रा सम्झिँदा पनि आङ्ग सिरिङ्ग हुन्छ । कार्यालय समयमा समुह ६ को तालिका अनुसार दिउँसो ३ बजेमात्र बिजुली आउँछ । कार्यालयबाट घर फर्किदा साँझ अन्धकार कै बास हुन्छ । राती कतिखेर बिजुली आउँछ र जान्छ दिउँसो कतिखेर आउँछ सम्झना राख्नुपनि दुष्कर हुँदैछ । बिस्तारै ढुङ्गे युगतिर गइरहेको जीवनशैलीमा एडम्स् मेरा लागि सपनामात्र हुँदा हुन् ।

संविधान बन्न ९० दिनको लगभग समय बाँकी छ । यस समयावधिभित्र संविधान निर्माण हुन सक्ने कुरा प्रायः असम्भव जस्तै भइसकेको छ । जेठ १४ मा संविधान जारी हुन नसके जेठ १५ पछिको देशले भविष्यमा कुन मोड लिने हुन राजनीतिक दलहरुको सरोकारको विषय बन्न सकेको छैन । ६८ सालको जेठ १४ निश्चय पनि ६७ को जेठ १४ बन्ने छैन । मन्त्रिमण्डलले पूर्णता पाउन सकिरहेको छैन । सार्वजनिक यातायातको स्थिति दयनीय छ । चरम भ्रष्टाचारले देश चुर्लुम्म डुबेका छन् । जीवनयापनका लागि चाहिने आधारभूत कुराबाट बन्चित जनताहरुको स्थिति हुनसम्मको बेहाल छ । जीवनको हरेक क्षेत्र लथालिङ्ग र भताभुङ्ग छ । यस्तोमा म एडम्स्को सङ्गितमा कसरी रम्न सक्छु

परराष्ट्र मन्त्रालय अगाडि बेरोजगार युवाहरुको ताँती देख्दा लाग्छ गाउँहरुमात्रै हैन अब त शहरहरु पनि युवाविहीन हुने अवस्थामा छन् । यस्तै भ्रष्टाचार मूल्यवृद्धि र बेरोजगारीले आहत जनताहरुले ट्युनिसिया र इजिप्टमा त्यहाँका शासकहरुलाई सत्ताच्यूत गरिछाडे । अरव जगतमा उर्लेका युवाहरुले यसरी आन्दोलनको नेतृत्व लिए कि दशकौं एकछत्र शासन गरी रहेका शासकहरु एकपछि अर्को गर्दै ढल्दै छन् । बहराइन र मोरक्कोमा त्यहाँका राजतन्त्र विरुद्ध जनता सडकमा ओर्लेका छन् । लिबियामा इजिप्त संस्करण दोहरिने प्रबल सम्भावना छ । अरव विश्वबाट उर्लेको यो लहर ढिलो चाँडो एशियामा अवश्य आउने नै छ ।

नेपालमा भने युवायुवतिहरु एडम्स्का रक् सङ्गितमा रम्नमा आनन्दित छन् । युवाहरु प्राथमिकता बिसे्रर एडम्स्को व्यावसायिक सङ्गितमा झुम्दा देशले पाउने केही छैन गुमाउने मात्रै छन् । ब्रायन एडम्स्को काठमाडौं आगमनसँगै उनको स्टेज प्रस्तुतिलाई लिएर प्रायः सबै जसो साचारमाध्यमले प्रमुखता दिए । उनी आपुनै नीजि विमानमा काठमाडौं उत्रेका छन् । नेपाल रहँदा ताका उनले विदेशी राष्ट्राध्यक्षले पाए सरह सुरक्षा र सम्मान पाए । आयोजकहरुले उनको स्टेज कार्यक्रमका लागि थुप्रै पैसा पानीसरी विज्ञापनमा बगाएका छन् । उनीसँग आयोजकहरुले के कति पारिश्रमिकमा सम्झौता गरे त्यो रहस्यको गर्भ मै छ । करीव २५ हजार दर्शकहरुले खचाखच भरिएको दशरथ रंगशालामा करीव दुई घण्टा गाएर एडम्स्ले करोडौं रुपैंया पारिश्रमिक पाएका होलान् । बदलामा उनले नेपाललाई के दिएर गए त आपुूलाई आधुनिक भन्न रुचाउने युवाहरुका लागि सङ्गित र मनोराजनका अविस्मरणीय क्षण तर उनले बहुसंख्यक नेपालीहरुका लागि केही दिएर गएका छैनन् । उनको कार्यक्रम हुँदै गर्दा दशरथ रंगशाला हजारौं वाट् बिजुलीले ज्वाज्वल्यमान भए होलान् रक् एण्ड रोल्मा युवकयुवतिहरु मस्तीले झुमे होलान् तर मजस्ता लाखौं जनताका लागि भने चुपचाप अन्धकारमा साँझ र रात बिताउनुको अरु विकल्प थिएन । न त आपुूसँग महङ्गोमा टिकट काटी त्यस्ता भव्य समारोहमा सामेल हुने सामथ्र्य नै छ । होलान् कोही ब्याङ्करसँग यस्तो हैसियत अनि कोही धनाध्यय पिताका बिग्रेका सन्तानसँग र कोही भ्रष्टाचारी पिताका मनमौजी छोराछोरीसँग पनि । इमान्दारीपूर्वक कमाएको पैसाबाट यति महङ्गो कन्सर्टमा सहभागी हुन नेपालका प्रधानमन्त्रीका छोराछोरीले पनि एकपल्ट सोच्नै पर्ने हुन्छ भने अरु जनताका त के कुरा । एउटी नेपाली युवतिले उनकै गीत उनीसँगै उभिएर गाइछन् रे । तिनी रातारात सेलेबि्रटीमा गनिइन् पनि । यही साहस तिनले अरु उत्पादनशील काममा लगाएकी भए साँच्चै तिनीप्रति समाजले गौरव गर्न सक्ने थिए ।

एडम्स्ले नेपाललाई खुल्दै गरेको भनेर अथ्र्याए रे । हो नेपाल खुल्दै गइरहेको छ । तर एडम्स् महाशयले भने जस्तै पाश्चात्य सङ्गितमा रम्ने दिशाहीन युवाहरुको देशको रुपमा पक्कै हैन बरु आपुनै संस्कृति र सभ्यतामाथि गर्व गर्न सक्ने युवाहरुको देशको रुपमा नेपालले खुल्न चाहेको छ । हो देशलाई अहिले स्वाभिमानी गम्भीर र उत्पादनशील युवाको खाँचो छ जस्ले यो देशको भविष्यको नेतृत्व गर्न सकोस् ।

भोलिपल्टको रंगशालाको दृश्य गजबकै थियो । खेल मैदानमा दुबोको भरखर लगाएको चौरको सत्यानास भएको थियो । मैदानभरि यत्रतत्र रक्सीका बोतलहरु र पानीका बोतलहरु छरपस्टिएर रहेका थिए । बेस्सरी कराएर रंगशाला थर्काउन र हाहा र हुहु गर्दै रक् एण्ड रोलमा झुम्न अलि अलि त मात्तिनै पर्यो नि ! भोलिपल्ट मात्रै थाहा भयो ब्रायन एडम्स्को खुल्दै गरेको नेपाल त उदाङ्गिइ सकेको रहेछ ।

एडम्स्ले दुई चारओटा यस्तै केही शब्द नेपालका लागि के खर्चे उनलाई हितैषी र महान् थान्ने भूल कदापि नगरौं । पश्चिमेली देशले नेपाललाई कति महत्व दिन्छन् र ति देशका नागरिकले नेपालीलाई के थान्छन् मैले यहाँ वर्णन गरिरहनु आवश्यक छैन । अरु त अरु नेपालभन्दा क्षेत्रफलको दृष्टिमा सानो राष्ट्र कतारले समेत आर्थिक सम्पन्नताको तुजुक देखाउँदै मन्त्रिमण्डलमा अन्तिमबाट दोस्रो मन्त्रीलाई संयुक्त राष्ट्र संघ महासभाको अध्यक्ष पदका लागि हुने चुनावमा नेपाललाई उम्मेदवारी फिर्ता गर्न दबाव दिने उद्देश्यले पठाउँछन् । यस अघि महासचिव पदका लागि हुने निर्वाचनमा भोट माग्न नेपालबाट सहभागी भएका क्याबिनेट स्तरका मन्त्रीलाई सामान्य शिष्टाचार पालन गर्न समेत कतारले आवश्यक सम्झेन । गणतन्त्र स्थापनालाई हामीले जतिसुकै गौरवशाली भने पनि पश्चिमका राष्ट्रहरुले त्यसप्रति सद्भाव प्रकट गर्न आपुना कुनै विदेश मन्त्रीसम्म नेपाल पठाएका मलाई सम्झना छैन । किन हामी एक जना विदेशी पाश्चात्य गायक जो यहाँ विशुद्ध व्यापारिक प्रयोजनका लागि आएका छन् उसको गुणगान गर्न मरिहत्ते गर्छौं अखबारका पानाका पाना उनको स्तुतिमा खर्चिन्छौं । हामीले गौरव गर्नु पर्ने हाम्रै आपुनै देशका व्यक्तित्वहरु प्रशस्त छन् । संयुक्त राष्ट्र संघ महासभा अध्यक्ष पदका दावेदार व्यक्तित्व कुलचन्द्र गौतमजस्ता होनहार नेपालीलाई कति युवाले चिनेका छन् कतिले त नामै नसुनेका पनि होलान् । एडम्स्ले जसरी दुई घण्टा गाएर प्रशस्त अर्थ कुम्ल्याएर गए उनीभन्दा जीन्दगीभर गाएर पनि आर्थिक अभावले समयमा उपचार समेत नपाई मर्ने नेपाली गायकहरु कता हो कता महान् छन् । आपुनै बगैंचामा फुलेका पुूललाई पहिले माया गर्न सिकौं । त्यसपछि मात्र विदेशका पुूललाई महत्व दिर्अौ ।

राज श्रेष्ठ
कीर्तिपुर