Thursday, March 17, 2011

कीर्तिपुर महोत्सवलाई नियाल्दा

सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाउने सन्दर्भमा आयोजना भइरहेको कीर्तिपुर महोत्सव माघ १९ बाट सुरु भई माघ २३ मा Sakiदैछ । आज माघ २१ सोनाम ल्होसार परेको हुँदा सार्वजनिक विदाको उपयोग गर्दै कीर्तिपुर महोत्सवतिर म हुर्रिएँ ।

नेपाल एकीकरणताका पृथ्वीनारायण शाहलाई जित्न निक्कै हम्मेहम्मे परेको यो कीर्तिपुरको डाँडामा केही मिनेटको उकालो काटेपछि प्रवेश शुल्क रु। २५।- तिरी महोत्सवस्थलभित्र प्रवेश गर्न पाइन्छ । आधुनिक प्रविधि र पश्चिमी रहनसहनमा अभ्यस्त भैसकेका म जस्ता आगन्तुकलाई यो प्राचीन वस्तीमा पुग्दा एचजी वेल्सको टाइम मेसिनमा बसेर मध्यकालीन नेपालमा पुगेजस्तो अनुभव भयो ।



हाकुपोटासीमा सजिएका युवतीहरु र अधवैंशे महिलाहरु - कोही चर्खामा धागो काट्न व्यस्त छन् भने कोही तानमा कपडा बुन्न । कोही ओखलमा चिउरा कुट्न त कोही ढिकी जाँतो गर्न । त्यसबेलाको नेपालमा परम्परागत प्रविधिबाट समुदायलाई आवश्यक पर्ने सरसामानको उत्पादन कसरी हुन्थ्यो भन्ने झलक यसले मिल्दथ्यो । साँगुरा गल्लीहरुमा पुराना घरघरमा परम्परागत कृषि औजारहरुदेखि लिएर घरधन्दामा काम आउने काठ माटो र ढलौटका भाँडाकुडा मानापाथी ढक नचाहिने तराजुजस्ता सरसामानको प्रदर्शनीले म आपुू कुनै जीवित संग्रहालयमा पो छुँ कि भन्ने जस्तो भान हुन्थ्यो । अनि एक-एक मिनेटको दूरीमा परम्परागत चुल्होमा दाउरा र गोल मात्रै प्रयोग गरी पकाइएका नेवारी खाना र परिकार छ्यासछ्यास्ती देखिन्थ्यो । यःमरी वः चटामरी छोयला समयबजी जस्ता विशुद्ध नेवारी परिकार - अहिले सम्झिदा पनि यो पक्तिंकारको मुखमा पानी आउँछ । स्वादका पारखीहरुका लागि यो अनुभव निश्चय नै नौलो हुनेछ । गठेमंगल र लाखे नाचका झाँकीहरुले झन्डैझन्डै लोप हुने अवस्थामा पुगिसकेका पर्वहरुको संरक्षणतर्पु कीर्तिपुरवासीहरु सचेत छन् भन्ने झल्किन्छ ।



उमामहेश्वर मन्दिरभन्दा तल लायकू क्षेत्रमा फोटो प्रदर्शनी र फोटोसँगै त्यसको ऐतिहासिक र सांस्कृतिक पक्षका बारेमा लेखिएका टिप्पणीले आगन्तुकहरुमा उत्सुकता बढाएको देखिन्थ्यो । यस संग्रहमा कान्तिपुरका राजा राज्यप्रकाश मल्लले कीर्तिपुर वरपरका वनजङ्गलका रुखहरु नकाट्नु भनेर जनसाधारणको नाममा जारी गरी बाघभैरवलाई चढाएको आदेशपत्र पनि संलग्न छ । यसै गरी फोटोग्राफी क्यामेराको आविष्कार नहुँदै नेपाल आएका एकजना अंग्रेज चित्रकारको हस्तलिखित चित्रको प्रतिकृति पनि यसै संग्रहमा रहेको छ । यस प्रतिकृतिको मूल चित्र भने बि्रटिश म्यूजियममा रहेको छ । यस चित्रमा चित्रकारले गोरखाली आक्रमणबाट ध्वस्त भइसकेको कीर्तिपुरको लायकू राजदरवार क्षेत्रलाई आपुनो कृतिमा उतारेका छन् ।

कीर्तिपुरको सबैभन्दा उच्चस्थानमा रहेको उमामहेश्वरको मन्दिरबाट देखिने काठमाडौं उपत्यकाको मनोरम दृश्य कीर्तिपुर भ्रमणमा आउने जो कोहीको पनि छुटाउनु नै नहुने दृश्य हो । हरेकपल्ट यो ठाउँमा घुम्न आउँदा यहाँबाट काठमाडौं उपत्यका नियाल्ने मौका म कहिल्यै गुमाउँदिन । अगिपछि सुनसान नै हुने भएपनि आज कीर्तिपुर महोत्सवको कारणले छुट्टै रौनकता छाएको छ । । धेरैका लागि सामान्य लाग्ने तर मेरो लागि भने छुट्टै अनुभूति गराउने एउटा घटनाको उल्लेख म यहाँ नगरी रहन सक्तिन ।



काठमाडौं उपत्यका नियालिरहँदा बोर्डिङ स्कूलका एक हुल नानीहरु तँछाडमछाड गर्दै आपुना शिक्षक-शिक्षिकाका साथ मन्दिर परिसरमा दाखिल भए । कीर्तिपुर महोत्सव कै अवसर पारेर शैक्षिक भ्रमण पनि गर्ने उद्देश्यले ती स्कूले नानीहरु यहाँ आएका होलान् भन्ने लाग्यो । उनीहरु उत्तर-पश्चिमदेखि पूरै ३६० डिग्री दक्षिण-पश्चिमसम्म फैलिएको काठमाडौं उपत्यकाको दृश्य आपुनै आँखा अगाडि देखेर चकित हुँदै हेरिरहेका थिए । त्यसैबेला एकजना शिक्षिकाले अंग्रेजीमा केही आदेश दिइन् । त्यसपछि ती नानीहरु मन्दिरको दक्षिणतर्पुको तहतह गरी तीनतह बनाइएको अग्लो ठाउँमा बहुतै अनुशासित तवरले बस्न थाले । मलाई लाग्यो स्कूले नानीहरुका सामूहिक फोटो खिच्न लागेका होलान् । यही मौकामा म पनि एक दुई फोटो खिचिहाल्ने लोभले तिनीहरुका अगाडि उभिन पुगेँ । अब आउने अर्को दृश्यले भने मलाई हुनसम्मको आश्चर्यचकित गर्नेवाला थियो ।



हेर्छु हरेकले आ-आपुनो टिफिनबक्स खोलेका छन् । लाग्यो हिँड्दा हिँड्दै थाके होलान भोकले लखतरान परे होलान् । खाजा के ल्याएका होलान् त म उत्सुक भएँ । हेर्छु त हरेकका हातहातमा देख्छु - चाउचाउ चिजबल्स् कुरकुरे र लेयस्रका पाकेटहरु कसैसँग चकलेट डुनत भने कसैसँग दुई टुक्रा स्याउ यस्तै उस्तै जङ्कफुड र तयारी खानेकुराहरु । कसैलाई तिर्खा लाग्यो होलान् - पेप्सी र स्लाइसका बोतलहरु निस्किन थाले । उनीहरुले यहीँ महोत्सव मै त किनेका होइनन् हुनसक्छ । तर एउटा विचार मेरो मस्तिष्कमा बिजुली चम्केसरी आयो - हाम्रा अभिभावकहरु साह्रै बेफुस्रदिला भएछन् वा साह्रै अल्छि रहेछन् । आपुना नानीहरुका लागि खाजा बनाउन समय नै रहेनछ । एलुमिनियम फोइल भित्र नाइट्रोजनले प्रेुस बनाइएका जङ्कफुडहरु- मुश्किलले सय ग्राम होला - नानीहरुका पेट भरिन्थे होलान् त ।


खुला हरियो चौरमा गोलाकार बसी शिक्षक-शिक्षिकाहरु खाजा खाइरहेका छन् - घरैबाट पकाएर ल्याएका रोटी आलु बोडी तरकारीका साथ । अभिभावकहरुलाई नानीहरुका लागि पनि यस्तै खाना बनाएर पठाउनु भनेर भनिदिएका भए पनि हुन्थ्यो नि ।

दुईजना सानासाना केटीहरु तासको जामा पहिरिएर दुलहीजस्तै िसंगारिएर आफन्तकासाथ चिलिचों विहार प्रवेश गर्ने मुखैमा रहेको गणेशजीको दर्शन गर्न आइरहेका छन् । उनीहरुको भरखरै बेलसँग विवाह भएको थियो । कपाल खौरिएका दुईजना केटाहरु सेतो जामा लगाएर लावालस्करकासाथ देखा परे । उनीहरु नेवार समुदायका बौद्धमार्गी हुन् । नेवार समुदायभित्र जन्मदेखिका सबै संस्कारहरु हाम्रा अगिपछि नै घटीरहेका जसरी प्रस्तुत गर्नु यस महोत्सवको अर्को विशेषता हो ।



बाघभैरव मन्दिरभन्दा केही पर भर्खरै स्थापना भएको राष्ट्रियविभूति शंखधर साख्वाःको पूर्णकदको सालिक छ । एक हातमा शंख लिएका र अर्को हातमा सुनको थैली बोकेर जामा पहिरिएर उभिएका शंखधरको सालिक यहीँ मात्र छ । अन्य सालिकमा उनी शंख दुवैहातले लिई बसीरहेको मुद्रामा छन् । कीर्तिपुरबासीहरुले अत्यन्त श्रद्धाकासाथ पुज्ने बाघभैरवको मन्दिर हेर्नैपर्ने मन्दिरहरुमध्ये पर्दछन् । यहाँ लेखिएको विवरण अनुसार भर्खरै जिर्णोद्धार सकिएको यस मन्दिर नेपालका भैरव मन्दिरहरुमध्ये सबभन्दा ठूलो मानिन्छ । यस मन्दिरको भित्तामा कोरिएको पौभा चित्र पनि अति प्राचीन र दुर्लभ मानिन्छ । यहाँबाट पनि प्रष्टसँग त्रिभुवन विश्वविद्यालय र काठमाडौं उपत्यका देख्न सकिन्छ । यस मन्दिरको अर्को विशेषता भनेको यहाँ गोरखालीहरुको आक्रमणताका गोरखालीहरुबाट खोसेर लिइएका हातहतियारहरु प्रदर्शनमा राखिएका छन् । कीर्तिपुर महोत्सवभरी भने यस मन्दिर प्रवेशका लागि शुल्क रु। १५।- तोकिएको छ । मन्दिर प्रंवेशका लागि शुल्क तिर्नुपर्दा दर्शनका लागि जाने आगन्तुकहरु रुष्ट देखिन्थे ।


कालोमा सेता धर्का भएको ऊनको टोपी लगाएर जोगीहरुले जस्तै लामालामा कपाल पालेका एकजना कलाकार नौ दस वर्षको बालकको गालामा नेपालको झण्डा पेन्टिङ् गर्न व्यस्त देखिन्थे । उनको वरिपरि आपुना गालामा नाडीमा पेन्टिङ् गराउन थुप्रै बालकबालिका र युवतीहरु झुम्मिएका थिए । दुईदर्जन जति पेन्टिङहरु पनि प्रदर्शनमा राखिएका थिए । कुमारी युवती देवदेवीस्थान काष्ठकलाकृति आदिका पेन्टिङहरुलाई क्यामेरामा कैद गर्न केही आगन्तुकहरु लागिरहेका थिए ।


अन्त्यमा कीर्तिपुर महोत्सवको आयोजना गर्दा व्यवस्थापन पक्षका कमजोरीहरु पनि पाइयो । कुन ठाउँमा कहिले के हुँदैछ भन्ने जानकारी दिन हेल्पडेस्कको नितान्त अभाव रह्यो । महोत्सवस्थल भित्र प्रवेश गरेपछि पाइलैपिच्छे नेवारी खाना र परिकारका स्टलहरु राखिएको हुँदा आगन्तुकहरु कीर्तिपुर महोत्सव नभएर कीर्तिपुर खाना महोत्सव पो हुन् कि भनेर कानेखुसी गरेको पाइयो । आगन्तुकहरुले महोत्सवभरी कीर्तिपुर कै स्थानीय उत्पादनहरुको ठूलो आशा गरेका थिए । तर त्यस्ता उत्पादनहरु लगभग शून्य नै देखियो । आगन्तुकहरुको उल्लेख्य सहभागी भने रहेको देखियो । केही कमी कमजोरीका बाबजुद समग्रमा भन्नुपर्दा कीर्तिपुर महोत्सवले कीर्तिपुरको ऐतिहासिकता र नेवार समुदायको संस्कृति रहनसहन र परम्परा बुभुन मद्दत नै गर्दछ ।

राज श्रेष्ठ
कीर्तिपु

No comments:

Post a Comment