"नेवारलाई हेप्नु मिल्छ तर नेवा संस्कृतिलाई र सभ्यतालाई अपमान गर्न मिल्दैन । "
- प्रकाश सायमि
१. हालै एकजना नाम थाह नभएका कमेडियनले नेवा संस्कृति र नेवा चरित्रमाथि व्यँग्य गर्दै कमेडी प्रस्तुत गरेछन् , नराम्रो होइन त्यो काम निकृष्ट हो भनेर म घोर भत्र्सना गर्दछु ।
टेलिभिजन च्यानलहरुमा ईमेज च्यानलले अरु च्यानल भन्दा सन्तुलित र निष्पक्ष समाचार दिन्छन् भन्ने मलाई लागेको थियो । तर एउटा घटनाले मेरो आशा र भरोसा चकनाचुर गरिदियो ।
(केहि दिन भयो सामाजिक सञ्जालमा चर्चा पाउन थालेको एउटा घटनालाई मैले उतिसारो महत्वका साथ हेरिरहेको भने थिइन । धेरै पल्ट धेरै ठाउँ उत्थान भइसकेको आम विषय । जव जव घटित हुन्छ एकाएक विरोधका स्वरहरु सुनिन थाल्छन् । केहि समय पछि आफै मत्थर भएर जान्छन् पनि । तर यसपालि अलि चर्कै रुपमा सञ्चारमाध्यमहरु, युट्यूबहरु र दैनिक पत्रपत्रिकाहरु समेतमा यो घटनाले ठाउँ पाएपछि भने यसै विषयमा केहि लेखुँ न भन्ने लाग्यो । तर खै कहाँबाट उत्थान गर्ने हो, बरु एउटा पत्रको स्वरुपमै यसलाई आकार दिउँ कि जस्तो लाग्यो ।)